Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

फेरी भारतबाट घटेर आयो इन्धनको मुल्य


भारतबाट लगातार तेस्रो पटक इन्धनको मुल्य घटेर आएको छ ।

मंगलबार भारतबाट पेट्रोलमा १ रुपैयाँ ९४ पैसा र डिजेलमा ४ रुपैयाँ ८४ पैसा घटेर आएको हो ।

लगातार तीन पटक भारतबाट इन्धनको मुल्य घटेर आएपनि नेपाल आयल निगमले भने इन्धनको मुल्य घटाएको छैन ।

पहिलो पटक साउन १ गते पेट्रोलमा १५ रुपैयाँ ७६ पैसा र डिजेलमा १६ रुपैयाँ ५६ पैसा घटेर आएको थियो भने दोस्रो पटक साउन १६ गते पेट्रोलमा १६ रुपैयाँ ८० पैसा र डिजेलमा १२ रुपैयाँ ४५ पैसा घटेर आएको थियो ।

नेपालमा हालको मूल्यलाई यथावत राख्दा पेट्रोलमा अब निगमलाई प्रतिलिटर ४ रुपैयाँ नाफा देखिएको छ भने डिजलमा प्रतिलिटर ५ रुपैयाँ घाटा रहनेछ ।समग्रमा अब निगमलाई १५ दिनको नोक्सान ३१ करोडमा झरेको छ । यसअघिको नोक्सानीका कारण भारतीय आयल कर्पाेरेसनलाई निमगले अझै २४ अर्ब तिर्नुपर्ने दायित्व छ ।


प्रतिक्रिया दिनुहोस !
विचार