Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

रुपन्देहीको मोतिपुरमा आज पनि कर्फ्यु, सुरक्षा समन्वय समितिको बैठक बस्दै


रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार प्रहरीसंग भएको झडपमा ४ जनाको मृत्यु भएपछि त्यस क्षेत्रमा लगाईको कर्फ्यु आज पनि जारी रहेको छ । थप झडप हुने भयले स्थानीय प्रशासनले कर्फ्यु जारी राखेको हो ।

हिजोको झडपमा घाइते भई भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेकाहरू मध्ये ४ जनाको मृत्यु भएको थियो । उपचारका लागि लगिएका ८ जना मध्ये ४ जनाको मृत्यु भएको हो ।

घाइते १ जनाको अवस्था गम्भीर छ । मृतकहरु मध्ये कपिलवस्तु वाणगंगाका ४८ वर्षको रमेश परियारको पहिचान खुलेको छ भने ३ जनाको अझै पहिचान खुल्न सकेको छैन ।

झडपमा नेपाल प्रहरीका १६ जना र ससस्त्र प्रहरीका १५ जना घाईते भएका छन् । पेट्रोल वम प्रहरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक एक प्रहरी उपरीक्षक घाईते भएका छन् । घाईते प्रहरीहरु मध्ये ६ जनालाई उपचारका लागि काठमाडौ ल्याईएको छ । सुकुम्बासीको नाममा केही समूहले औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्न खोजेपछि तनाव उत्पन्न भएको हो ।

त्यहाँको अवस्था सामान्यतर्फ फर्किनसकेकाले अब के गर्ने भन्नेबारे छलफल गर्न आज सुरक्षा समन्वय समितिको बैठक बस्दैछ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार