
नेकपा एमालेले राष्ट्रिय सभाको उपनिर्वाचनमा रामबहादुर थापा बादललाई नै उम्मेद्वार बनाउने तयारी गरेको छ ।
औपचारिक निर्णय भइ नसकेपनि बादललाई उम्मेद्वार बनाउने लगभग पक्का भएको हो । पार्टी अध्यक्ष केपी शर्मा ओलीको विशेष चाहनामा बादल नै उम्मेद्वार बन्न लागेको एमालेका एक नेताले जानकारी दिए ।
नेकपा भंग भएपछि एमालेमा लागेका थापालाई माओवादीले दल त्याग गरेको भन्दै पदमुक्त गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभा उपनिर्वाचन आउँदो जेठ ६ गतेका लागि तोकिएको छ ।