Logo
९ आश्विन २०८३, शुक्रबार
|  Fri Sep 25 2026

दोस्रो ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने, विजेताले १४ हजार ५०० रुपैयाँ पाउने


नेपाल क्रिकेट इन्स्टिच्युटको आयोजनामा १० भदाैदेखि शिक्षान्तर स्कुल दोस्रो इपीएस ड्रिजल कप क्रिकेट प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा काठमाडौं उपत्यकाका १५ भन्दा बढी विद्यालयहरूले सहभागिता जनाउने आयोजकले जनाएकाे छ ।प्रतियोगितामा कक्षा १० सम्मका छात्रहरुले सहभागिता जनाउन पाउने छन् । स्कुल क्रिकेटको विकास र नयाँ प्रतिभा पहिचान गर्न प्रतियोगिता आयोजना गर्न लागिएका आयोजक नेपाल क्रिकेट इन्स्टिच्युटले जनाएको छ ।प्रतियोगिताको पहिलो संस्करण २०७६ मा भएको थियो । कोरोना महामारीको कारण प्रतियोगिताको दोस्रो संस्करण आयोजनामा ढिलो भएको थियो । प्रतियोगिताका सबै खेलहरू मिनभवनस्थित इपीएस स्कुलमा आयोजना हुनेछ ।  प्रतियोगिताको उपाधि विजेताले १४ हजार ५०० र उपविजेताले ८ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन् ।प्रतियोगिताका उत्कृष्ट खेलाडीले ३ हजार ५००, उत्कृष्ट बलर र ब्याटसम्यानले समान २ हजार १०० प्राप्त गर्नेछन् ।

हरेक खेलका उत्कृष्ट खेलाडीलाई ५०० प्रदान गरिने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार