Logo
३ श्रावण २०८३, आईतवार
|  Sun Jul 19 2026

स्थगित भयो प्रतिनिधि सभाको बैठक


दशैं बिदाका कारण प्रतिनिधि सभा बैठक १५ दिनका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आवरोधका बाबजुत केही कार्यसूची पारित गरेर प्रतिनिधि सभा बैठक कात्तिक ९ गतेसम्मको लागि स्थगित भएको हो ।

भदौ २३ गते अधिवेशन शुरू भएदेखि नै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सदनमा अवरोध कायम राखेको छ । एमालेको अवरोध र नाराबाजीका बाबजुद प्रतिनिधि सभाबाट बजेट प्रतिस्थापन गर्न आएको विनियोजन विधेयक पारित भएको छ ।

अर्को बैठक कार्तिक ९ गते मंगलबार दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार