ललितपुर, ५ असोज । समाजका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गर्दै ज्यापु समाज ललितपुरको २९ औं वार्षिक साधारण सभा ज्यापू प्रज्ञा भवनमा सम्पन्न भयो ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री जीवनराम श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा आआफ्नो क्षेत्रबाट समाजको लागि योगदान गरि राष्ट्रपतिबाट विभिन्न पदक र विभुषणबाट विभूषित भएका र विविध विधाका ज्यापु समुदायका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
मन्त्री जीवनराम श्रेष्ठ तथा समाजका अध्यक्ष तीर्थलाल महर्जनबाट सम्मानित हुनेहरुमा समाजसेवी एवम् राजनीतिज्ञ चन्द्र महर्जन, संस्कृतिकर्मी तथा समाजसेवी कुललाल डंगोल, राष्ट्रिय उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल महर्जन, प्राविधिक सशस्त्र प्रहरी नायव महानिरीक्षक डा.रुपक महर्जन, नेपाल स्टक एक्सचेन्ज नेप्सेका वोर्ड सदस्य लक्ष्मीप्रसाद महर्जन,नेकपा एमालेका केन्द्रीय सदस्य हरिकृष्ण व्यन्जनकार, नेपाल भाषामा स्नातकोत्तर गरेका शान्त महर्जन,नेपाल स्काउट्स एण्ड गाइड फेलोशिपका राष्ट्रिय कोषाध्यक्ष बाबुकाजी डंगोल छन् ।
यसैगरि ज्यापु समाजद्वारा विभिन्न समयमा सञ्चालित विविध कार्यक्रममा आर्थिक तथा प्राविधिक सहयोग गर्ने सहयोगी संस्थाहरु ललितपुर महानगरपालिका, महानगरपालिकाको ९ नं वडा कार्यालय, प्रोग्रेसिभ फाइनान्स लिमिटेड, अजोड इन्सुरेन्स लिमिटेड, ‘योमरी’ वृत्तचित्र बनाउन आर्थिक सहयोग गर्ने संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय तथा होलीमा ५०० थान टिसर्ट सहयोग गर्ने ओम श्री इँटा उद्योग बुंगमती,महर्जन बिजनेश एसोसिटस्, क्लासिक डायमण्ड, नाति कन्स्ट्रक्सन, आरबि डायमण्ड, युनिक कलेजसहित ललितपुरका विभिन्न ज्यापु टोलहरुलाई पनि सम्मान गरिएको थियो ।
सोही कार्यक्रममा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको साथै ललितपुर जिल्ला प्रशासनमा हालै सरुवा भएर आएका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई उपहार र नेवारी परम्परा अनुसार सगुन दिएर स्वागत गरिएको थियो।
त्यस अवसरमा २०७८ को माद्यमिक शिक्षा परिक्षा एसईइमा जिपिए ३ दशमलव ६५ देखि ३ दशमलव ९० अंक ल्याउने १२ जना ज्यापू समुदायका छोराछोरीलाई जनही नगद ३ हजार, २ हजार र १ हजार ५०० तथा सम्मानपत्रबाटसम्मान गरिएको थियो भने सार्कस्तरीय अण्डर २१ प्रतियोगितामा तेस्रो भएका खेलाडी रुकेश महर्जनलाई पनि सम्मान गरिएको थियो ।
ज्यापु समाज ललितपुरका अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा संघीय मन्त्री जीवनराम श्रेष्ठ, बागमती प्रदेशका मन्त्री दिपेन्द्र श्रेष्ठ, ललितपुर महानगरकी उपप्रमुख मन्जली शाक्य बज्राचार्य, प्रजिअ आचार्य र ज्यापु समाजका वरिष्ठ उपाध्यक्ष सन्तमान महर्जन,प्रथम उपाध्यक्ष सविना महर्जन, वरिष्ठ सहसचिव सुरेन्द्र महर्जन,नेपाल भाषामा विद्यावारिधि गरेका क्यानेडियन नागरिक इयान टर्नर,ललितपुरमा रहेका विभिन्न जातिय समाजका अध्यक्षमध्ये ताम्राकार समाजका अध्यक्ष विनोद ताम्राकार, प्रोग्रेसिभ फाइनान्स लिमिटेडका अध्यक्ष तथा स्टार अस्पताल संञ्चालक समितिका अध्यक्ष किशोर कुमार महर्जन राष्ट्रिय संग्रहालयका प्रमुख जयराम श्रेष्ठलगायतका वक्ताहरुले बोलेका थिए ।
कार्यक्रममा संघीय सांसद कृष्णलाल महर्जनको पनि उपस्थिति थियो ।















