बलराम प्यासी
काठमाण्डौ, ८ असोज । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले शनिबार काँडाघारीमा सम्पन्न‘छैठौं उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौडको पुरस्कार जितेका छन् । सो पुरस्कार जितेसंगै डा.कोइरालाले आफूलाई मुटुरोग विशेषज्ञ मात्रै नभई कुशल धावक भएको पनि प्रमाणित गरेका छन् ।
उज्ज्वल तारा स्कुल काँडाघारीले शनिबार आयोजना गरेको ५ किलोमिटर दुरीको सो दौडकोउद्घाटनका विशिष्ट अतिथि र दौडका प्रतिष्पर्धि समेत रहेका डा.कोइराला ५५ वर्ष उमेर माथि समूहको पुरुषतर्फको विधामा तेस्रो भएका हुन् । उनले आफ्ना उमेर समूहका २७ प्रतिष्पर्धिलाई उछिनेर तेस्रो भई पदक, ट्रफि र प्रमाणपत्र पाए ।
विजेता डा.कोइरालालाई गल्फ खेलका गुरु घनश्याम थापा, दौड कार्यक्रम संयोजक नेपाली सेनाका महासेनानी विष्णु कार्कीले पुरस्कार वितरण गरेका थिए भने विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्कीले फूलको विरुवा सहितको गमला उपहार प्रदान गरीन् ।
संयोगलेआफैं वरिष्ठ मुटुरोग विशेषज्ञ रहेका डा.कोइरालालाई ह्याम्स अस्पतालले प्रदान गरेको ८ हजार रुपैयाँ बराबरको मुटुरोग परिक्षण प्याकेज पनि पुरस्कार पाए ।
सो विधामा पुरुषतर्फ ज्ञानकृष्ण श्रेष्ठ पहिलो र रुद्र नगरकोटी दोस्रो भएका थिए । पहिलो भएकाश्रेष्ठले डा.कोइरालाले स्थापना गर्न लागेको गैर नाफामूलक वाल मुटुरोग अस्पतालको लागि २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरे ।
सोही समूहको महिलातर्फ मीना कुमारी मगर पहिलो, सावित्रा रायमाझि दोस्रो र कल्पना आचार्य तेस्रो भईन् । यो उमेर समूहका विजयी पुरुषले पोखरा ग्राण्डी होटेलमा एकरात बस्नेखाने व्यवस्था तथा विजयी महिलाले पोखराकै शारा होटेलमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार पाए ।
यसैगरि १८ वर्ष उमेर माथिको खुल्ला समूह विधामा महिलातर्फ स्वस्तिक तिरुवा पहिलो, सुनिता तामांग दोस्रो र आभ्या केसी पहिलो भईन् । सोही समूहको पुरुषतर्फ दिनेश खड्का पहिलो, निरज भट्ट दोस्रो र यामराज खत्री तेस्रो भए । यो समूहका पहिलो हुनेले १० हजार, दोस्रोले ७ हजार र तेस्रोेले ५ हजार नगद प्रदान पुरस्कार पाए ।
युगल समूहतर्फ कविता र गोविन्द कार्कीको जोडी पहिलो, सविता र अभिषेक उपाध्यायको जोडी दोस्रो तथा प्रकाश र चुना कटुवालको जोडी तेस्रो भयो । पहिलो भएको जोडीले पोखराग्राण्डी होटलमा एकरात खानेबस्ने सुविधाकोे साथै आउने जाने दुईतर्फि हवाई टिकटपनि पाए ।
अभिभावक विधाको महिलातर्फ ज्योति कार्की पहिलो, निमा लामा दोस्रो र सविना केसी तेस्रो भइन् भने पुरुषतर्फ सुनिल कार्की पहिलो, राजेन्द्र न्यौपाने दोस्रो र प्रधुम्न केसी तेस्रो भएका थिए ।
पुरुषतर्फ पहिलो भएका अभिभावकलेचितवनको सफारी एडभेन्चर लजमा २ रात खानेबस्ने सुविधासहितको र महिलातर्फको विजयीले मचान वाइल्डलाइफ रिसोर्टमा २ रात तथादोस्रो भएका महिला तथा पुरुषले पोखराको होटेल क्राउन हिमालयजमा २ रात खानेबस्ने सुविधासहितको पुरस्कार पाए ।
विभिन्न ७ विधामा आयोजित सो दौडका विजयीहरुलाई कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, उपप्रमुख शान्ता थापा,७ नं वडाध्यक्ष भिमसेन थापा, ९ का अध्यक्ष अनिल थापा, सल्लाहकार सुष्मा पोखरेल, डा.ध्रुव खड्का लगायतले पुरस्कार वितरण गरेका थिए भने पाँचसय भन्दा बढी सहभागीहरुलाई विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री कार्की र भाइस प्रिन्सिपल सगुन प्रधान जोशीले पदक वितरण गरेकी थिइन् ।
दौडमा सहभागिता शुल्क वापत संकलितसबै रकम वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले स्थापना गर्न लागेको गैरनाफामूलक वाल मुटुरोग अस्पताललाई हस्तान्तरण गरिने कार्यक्रम संयोजक कार्कीले बताए ।