काठमाडौं, ११ । बेबिलोन नेशनल स्कुल शान्तिनगरले वडादशैंको पुर्वसन्ध्यामा विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीवीच रमाइलो प्रतिष्पर्धात्मक म्युजिकल चेयर (कुर्सी छुने प्रतियोगिता) आयोजना गर्यो ।
विद्यालयका ६० जना शिक्षक, कर्मचारीले भाग लिएको सो प्रतियोगितामा पहिलो भएकी चाहना राईले नगद एकहजार रुपैयाँसहित कुर्सी र अरु उपहार पाइन भने दोस्रो भएका न्हुच्छेराज मुनिकार र तेस्रो भएका रञ्जित श्रेष्ठलाई जनही पाँच÷ पाँचसय रुपैयाँ र उपहार दिइएको थियो ।
विद्यालयका प्रिन्सिपल राजु राईले विजयी शिक्षकलाई पुरस्कार र उपहार दिएका थिए । प्रतियोगितामा सहभागी भएका प्रिन्सिपल राई पहिलो चरणमै आउट भए ।
यसैवीच वडादशैं, दिपावली र छठको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा विद्यालयका प्रिन्सिपल राई, भाइस प्रिन्सिपल रीता राई, संस्थापक निर्देशक देवीभक्त राई तथा विद्यालय संयोजक टिकाप्रसाद सुवेदी लगायतले वडादशैं, तिहार, छठलगायतका पर्वको शुभकामना दिएका थिए । कार्यक्रममा विद्यालयका संस्थापकहरुको साथै शिक्ष शिक्षिकाहरुले लोक नृत्य गर्दै शुभकामना आदानप्रदान गरेका थिए ।








