काठमाण्डौं, १३ । विद्यार्थीहरुलाई कितावी ज्ञानको अतिरिक्त नेपाली परम्परागत धर्म संस्कृति र चाडपर्वको संरक्षण तथा सम्वद्र्धनलाई उच्च प्राथमिकता दिँदै आएको सुविधानगर, तिनकुनेस्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलले वडादशैंको अवसरमा बुधबार विद्यालय हातामा आम नेपालीहरुको महान चाड वडादशैंको अवसरमा टिकाको कार्यक्रम आयोजना गरेको छ ।
विद्यालयमा आयोजित कार्यक्रममा विद्यालयकी निर्देशक ममता शाहले विद्यालयका शिक्षक, कर्मचारी र सबै कक्षाका विद्यार्थीहरुलाई टिका जमरा लगाईदिनुका साथै दक्षिणा दिएर वडादशैंको शुभकामना दिइन् ।
यसैगरि विद्यालयका भाइस प्रिन्सिपल सुजित तामाङ्ग, विद्यालय संयोजक चक्रकुमार श्रेष्ठ, अतिरिक्त कृयाकलाप संयोजकशिव गैह्े लगायतका शिक्षकशिक्षिकाले विद्यार्थीहरुलाई टिका र जमरा लगाएर शुभकामना दिए।
शिक्षक र विद्यार्थीलाई लगाईएको जमरा ट्रिटन स्कुलकै विद्यार्थी आफैंले विद्यालयको एउटा कोठामा उमारेर स्याहार सुसार गरेका थिए ।
बुधबार साँझ नै ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलको मातृसंस्था ट्रिटन इन्टरनेशनल कलेजमा आयोजना गरिएको वडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा कलेजका प्रिन्सिपल प्राध्यापक मदन शाक्य, कलेजकी प्रमुख कार्यकारी अधिकृत ऋतु न्यौपाने, ट्रिटन स्कुलका भाइस प्रिन्सिपल सुजित तामाङ्ग लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।









