टेबल टेनिस खेल विकासको लागि नेपाल ए.पी.एम प्रालिले आगामी मंसीर १ देखि ३ सम्म काठमाण्डौमा दोस्रो नेपाल ए.पी.एम अन्तराष्ट्रिय भेटेरान टेबल टेनिस प्रतियोगिता आयोजना गर्न लागेको छ ।
सो प्रालिको वार्षिक कार्यक्रम अन्तर्गत सो प्रतियोेगिता हुन लागेको प्रशिक्षक राजेन्द्र कपालीले आजको प्रेसलाई जानकारी दिए । उनका अनुसार पुरस्कारको कुल राशी ४ लाख ५० हजार रहेको छ । जस अनुसार विभिन्न ५ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई क्रमश : ५० हजार, २० हजार र १० हजार नगद दिइने छ । यस प्रतियोगितामा मेन्स भेन्ट्रान्स सिंगल्स (४० वर्षमाथि), मेन्स भेन्ट्रान्स सिंगल्स (५० वर्षमाथि), मेन्स भेन्ट्रान्स सिंगल्स (६० वर्षमाथि), वुमेन्स भेन्ट्रान्स सिंगल्स (४० वर्षमाथि) र मेन्स भेन्ट्रान्स टिम गरेर ५ विधामा खेलाडिहरुले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको मुख्य प्रायोजकका रुपमा सिओम नेपाल रहेको छ ।