Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

काठमाडौं उपत्यकामा बैंकहरुले ६ वटा शाखा मात्रै खोल्न पाउने


 

 

 

 

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले कोभिड संक्रमण बढ्दै गएपछि  बैंकहरुको सीमित शाखाबाट मात्रै सेवा प्रवाह गर्ने नीति लिएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार  वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र दिनमा ६ वटाभन्दा बढी शाख खोल्न नपाउने भएका छन् । यस्तै विकास बैंकले ४ र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्ने व्यवस्था गर्न निर्देशन दिएको राष्ट्र बैंकका प्रवक्ता तथा नियमन विभाग प्रमुख देवकुमार ढकाल बताउँछन् ।

उनका अनुसार वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ५ वटा मात्रै शाख खोल्न पाउनेछन् । यस्तै  विकास बैंकले काठमाडौंमा २, ललितपुरमा १ र भक्तपुरमा एउटा गरि जम्मा ४ वटा र वित्त कम्पनीले उपत्यकाका तीनवटै जिल्लामा एक–एकवटा शाखा गरेर जम्मा ३ वटा मात्रै शाखा खोल्न पाउनेछन् ।

बैंकले एउटै शाखा लगातार खोल्ने नभइ आलो–पालो गरेर शाखा खोल्नुपर्ने उनले बताए ।

शनिबार गृहसचिव महेश्वर न्यौपानेले सुरक्षा निकायका अधिकारीसँग छलफल गर्दै निषेधाज्ञामा थप कडाई गर्न निर्देशन दिएका थिए । उनले ७७ वटै जिल्लाका प्रमुख कार्यकारी अधिकृतलाई पत्राचार गरेर र निषेधाज्ञा कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।

बैंकका करिब १० हजार कर्मचारीमा कोरोना संक्रमण भएको बैंकरहरु बताउँछन् । कर्मचारीमा कोरोना संक्रमण बढ्दै गएपछि बैंकिङ सेवा नै बन्द हुने अवस्था नआओस् भन्दै वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले ५० हजार रुपैयाँभन्दा कमको निक्षेप नलिने निर्णय गरेको छ । यसमा राष्ट्र बैंकले पनि समर्थन जनाएको छ ।

राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल २/५ हजार रकमको सुरक्षा घरमा नै राखेर पनि गर्न सकिने भएकाले त्यसका लागि जोखिम लिएर बैंकमा नजान आग्रह गर्छन् । “यदी बैंकलाई आपत परेको अवस्थताम भने बैंकहरुले ५० हजारभन्दा कम रकमको पनि निक्षेप लिनेभन्दै बैंकहरुले कमजोर आर्थिक अवस्था भएका नागरिकलाई लक्षित गरेर नभई कोभिडबाट जोगिन ५० हजारभन्दा कमको निक्षेप नलिने निर्णय गरेको हो,” उनले भने ।

बैंकको शाखामा सूचना टाँसेर सम्पर्क व्यक्ति तोकेको हुने भन्दै अत्यावश्यक सेवा र निक्षेप राख्ने अथवा पैसा पठाउनु पर्ने भएमा बैंकहरुले सेवा दिने उनले बताए । तर, घरबाट बाहिर निष्कने बहानाका लागि बैंकमा काम छ भनेर घरबाट बाहिर ननिस्कन उनले आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार