Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

सय भोट कटाउँने स्वतन्त्र काठमाडौंमा ०७४ मा जम्मा एकजना


२०७४ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौंका १० मध्ये ९ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारी परेको थियो । काठमाडौं क्षेत्र नं ८ बाहेकका सबै क्षेत्रमा स्वतन्त्र उम्मेदवारी कायम थियो । पार्टीले टिकट नदिएपछि केहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए भने केही उम्मेदवार कहिल्यै पार्टी राजनीतिमा आबद्ध नभएका वास्तविक स्वतन्त्र थिए ।

काठमाडौंका सबै निर्वाचन क्षेत्रमा गरी स्वतन्त्र उम्मेदवारको संख्या ३३ थियो । तर, एकजना बाहेक कसैको पनि सय भोट कट्न सकेन ।
काठमाडौं १ बाट ७ जना स्वतन्त्र उम्मेदवार थिए । तर, कसैले पनि सय भोट कटाउँन सकेनन् । सबैभन्दा धेरै १८ भोट बद्रीप्रसाद चुदालले ल्याएका थिए भने यो क्षेत्रमा सबैभन्दा कम एक भोट मात्रै ल्याउने स्वतन्त्र पनि थिए । उम्मेदवार रोशन कार्कीले जम्मा एक भोट ल्याएका थिए ।
यस्तै काठमाडौं २ मा ६ जना स्वतन्त्र उम्मेदवार थिए । तर, यो क्षेत्रबाट पनि कसैले सय भोट कटाउँन सकेनन् । सबैभन्दा धेरै टपबहादुर थापाले २० भोट ल्याएका थिए भने धिरेन्द्रराज प्रसाईले जम्मा २ भोट ल्याएका थिए ।

काठमाडौं ३ बाट स्वतन्त्र उम्मेदवार रहेकाको संख्या ३ जना थियो । त्यसमा तीनैजनाले १० भोट पनि कटाउँन सकेनन् । पानमाया कार्की पौडेलले सबैभन्दा धेरै ९ भोट ल्याएकी थिइन् भने विन्दु मगरले सबैभन्दा थोरै ५ भोट ल्याएकी थिइन् ।

काठमाडौं ४ बाट ६ जनाले स्वतन्त्र उम्मेदवारी थिएका थिए । त्यसमा नवराज थापाले सबैभन्दा धेरै १८ भोट ल्याएका थिए भने रवीन्द्रदेव ढकालले सबैभन्दा थोरै २ भोट ल्याएका थिए । काठमाडौं ५ बाट ३ जनाको स्वतन्त्र उम्मेदवारी परेको थियो । यो क्षेत्रमा पनि कसैले सय भोट कटाउन सकेनन् । रमा विष्टको सबैभन्दा धेरै १० भोट आएको थियो भने भरतकुमार राईको सबैभन्दा थोरै जम्मा ३ भोट आएको थियो ।

यस्तै काठमाडौं ६ बाट स्वतन्त्र उम्मेदवारी दिनेको संख्या ३ जना थियो । त्यसमा स्वतन्त्रतर्फ सबैभन्दा धेरै बलबहादुर केसीले ३६ भोट ल्याएका थिए भने सुविन्द्र बस्नेतले सबैभन्दा थोरै २७ भोट ल्याएका थिए । काठमाडौं ७ मा भने एकजना स्वतन्त्रले सय भोट कटाउन सफल भएका थिए । तीन जना स्वतन्त्र उम्मेदवार रहेकोमा निमा फिञ्जो लामाले सबैभन्दा धेरै १४७ भोट ल्याएका थिए भने सबैभन्दा थोरै उर्मिला राउत बिष्टले ११ भोट ल्याएकी थिइन् । काठमाडौं ८ मा भने कसैको पनि स्वतन्त्र उम्मेदवारी थिएन । काठमाडौं ९ मा किरण श्रेष्ठको मात्रै स्वतन्त्र उम्मेदवारी परेको थियो । उनले १६ भोट मात्रै ल्याएका थिए ।

काठमाडौं १० मा पनि एकजनाको मात्रै स्वतन्त्र उम्मेदवारी थियो । श्यामकृष्ण बस्नेतले २९ भोट ल्याएका थिए ।

२०७९ को निर्वाचनमा आइपुग्दा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या धेरै देखिन्छ । अघिल्लो पटकको निर्वाचनमा काठमाडौंभरीबाट ३३ जना स्वतन्त्रको उम्मेदवारी कायम रहेकोमा यसपटक त्यो संख्या सय पुगेको छ । १ बाट ११ जना, २ बाट १० जना, ३ बाट ८ जना, ४ बाट १४ जना, ५ बाट १४ जना ६ बाट ११ जना , ७ बाट १६ जना , ८ बाट ३ जना, ९ बाट १० जना र १० नम्बरबाट ३ जना स्वतन्त्र उम्मेदवार कायम रहेका छन् ।
अघिल्लो निर्वाचनमा १ जना स्वतन्त्रले मात्रै सय भोट कटाउन सकेको क्षेत्र नं ७ मा यसपटक सबैभन्दा धेरै १६ जना स्वतन्त्र उम्मेदवार छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार