Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

लाभांश प्रस्ताव पारित गर्न कुमारी बैंकले बोलायो साधारण सभा


कुमारी बैंक लिमिटेडको वार्षिक साधारण सभा कात्तिक १६ गते हुने भएको छ। बैंकले घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा डाकेको हो। बैंकको २१औँ वार्षिक साधारण सभा नक्सालस्थित कार्यालयमा हुँदै छ।

बिहान ११ः३० बजे सुरु हुने सभामा अनलाइन मार्फत पनि सहभागिता जनाउन सकिने व्यवस्था गरिएको छ। सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत र सोको कर प्रयोजनसहिथ २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न र अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ।


प्रतिक्रिया दिनुहोस !
विचार