काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले जवाफ फर्काएपछि नेकपा एमालेका नेता भीम रावलले शाहलाई प्रतिप्रश्न गरेका छन् । रावलले “तपाईंहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैनू भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि ? भन्दै शाहलाई प्रश्न गरेका हुन् ।
यसअघि शाह र अमेरिकी राजदूत डिन रिचार्ड थम्सनबीच बिहीबार भएको भेटका विषयमा एमाले नेता भीम रावलले प्रश्न उठाएपछि बालेनले पनि लगत्तै जवाफ फर्काएका थिए । रावलले भेटमा कूटनीतिक आचरण पालना भए–नभएको बारे प्रश्न राख्दै जनउत्तरदायी भए जवाफ दिन चुनौती दिएका थिए । रावलले सामाजिक सञ्जालमार्फत गरेको प्रश्नलाई सामाजिक सञ्जालमार्फत नै जवाफ दिँदै बालेनले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएपछि आफूहरूले भेटका लागि अनुमति दिएको बताएका थिए ।
प्रतिप्रश्न गर्दै रावलले सामाजिक सञ्जालमा लेखेका छन्ः
‘नेपालको संविधान अन्तर्गत जननिर्वाचित निकायका कुनै पनि व्यक्तिले कुनै पनि नागरिकले उठाएका प्रश्नको तथ्यसंगत जवाफ दिनु पदीय दायित्व नै हो । मैले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन साहको अमेरिकी राजदूतसँगको भेटवार्ता परराष्ट्र मन्त्रालयको स्वीकृतिमा भएको हो कि होइन भनी प्रश्न गरेको थिएँ । किनकि नेपालको संविधानले स्थानीय निकायलाई कुनै पनि विदेशीसँग सोझै सम्बन्ध कायम गर्ने अधिकार दिएको छैन । नेपालको संविधान अनुसार नेपालको परराष्ट्र सम्बन्धको सञ्चालनको सम्पूर्ण अधिकार संघीय सरकारमा निहित छ । यस्तो संवेदनशील विषयमा बालेन शाहजीले परराष्ट्र मन्त्रालयको अनुमति लिएर भेटेको भए अनुमति लिएर भेटेको भन्ने सरल जवाफ दिएको भए त्यो जिम्मेवारपूर्ण पर्याप्त र इमान्दार जवाफ ठहरिन्थ्यो । तर उहाँले “तपाईंहरु जस्तो विदेशी सहयोग माग्ने कुनै रहर छैनू भन्ने असान्दर्भिक कुरा गरी उत्तेजना प्रकट गरेबाट नेपालको संविधान र नेपालको मर्यादा र स्वाभिमानको रक्षा गरौँ भन्ने मेरो भनाइले घोचेको हो कि ? म फेरी पनि बालेनजीलाई प्रश्न गर्छु ( के तपाईंले परराष्ट्र मन्त्रालयसँग पत्राचार गरी स्वीकृति लिएर अमेरिकी राजदूतलाई भेट्नु भएको हो ? तपाईंले भन्नु भए झैँ “उहाँले परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर आएपछिू भेटेको हो भने उहाँले परराष्ट्र मन्त्रालयबाट “स्वीकृति लिएर आएको जानकारी तपाईंलाई कसरी भयोरु परराष्ट्र मन्त्रालयको पत्रबाट ? फोनबाट वा इमेलबाट रु पत्र वा इमेल भए त्यसको प्रतिलिपि वा फोनबाट भए स्वीकृति दिने परराष्ट्र मन्त्रालयका अधिकारीको नाम सार्वजनिक गर्नुहोस् । आवेश, उत्तेजना र ओठेजवाफ जनउत्तरदायी प्रणालीसँग मेल खान्न ।
तपाईंले असान्दर्भिक नै भए पनि जवाफमा “विदेशी सहयोग माग्ने कुनै रहर छैनू भन्नु भएको कुरालाई जनताले सम्झने नै छन् तथा तपाईंले पेश गर्ने वार्षिक बजेट र सञ्चालन गर्ने कार्यक्रमको बजेट व्यवस्थाको विश्लेषण हुने नै छ ।’