Logo
२०८१, २ बैशाख आईतवार
|  Sun Apr 14 2024

त्रिभुवन विश्वविद्यालयलाई राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघको ध्यानाकर्षण पत्र


त्रिभुवन विश्वविद्यालयमा विकृति, विसंगति बढ्दै गएको भन्दै राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघले त्रिभुवन विश्वविद्यालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बिहिबार बिहान विद्यार्थी संघले विश्वविद्यालयका परिक्षा नियन्त्रकलाई पत्र बुझाएका हुन् । उक्त विश्वविद्यालयले स्नातक तहको परिक्षाको नतिजा समयमै प्रकाशन गर्न नसक्दा विद्यार्थीहरुको भविष्यनै अन्योलमा परेको उनीहरुको भनाइ छ ।

अहिलेको समयमा विश्वविद्यालयको राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा छबि खस्कदै गएको विद्यार्थी संघका केन्द्रिय संयोजक जय प्रकाश बगालेले आजको प्रेसलाई जानकारी दिए ।

स्नातक तहको परिक्षाको नतिजा समयमै प्रकाशन नगर्दा स्नाकोत्तरको नयाँ भर्नामा समेत ढिलाई भइरहेको उनले बताए ।

 


प्रतिक्रिया दिनुहोस !
विचार