Logo
२० कार्तिक २०८३, शुक्रबार
|  Fri Nov 6 2026

ताइवान क्षेत्रमा चीनको सैन्य अभ्यास


चीनको सेनाले आइतवार ताइवान वरिपरि सैन्य अभ्यास गरेको बताएको छ ।

यो एक महिनाभन्दा कमको अवधिमा दोस्रोे अभ्यास हो । सेनाले ताइवान वरपरको समुद्र र हवाई क्षेत्रमा ‘संयुक्त लडाई तयारी गस्ती र वास्तविक लडाई अभ्यास’ आयोजना गरेको जनमुक्ति सेनाकोे पूर्वी थिएटर कमाण्डले आइतवार ढिलो एक विज्ञप्तिमा भनेको छ । उक्तअभ्यासको ताइपेयले विरोध जनाएको छ ।  गत वर्ष अमेरिकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि चीन र अमेरिकाबीच विवाद चर्किएको छ ।

ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न देश मान्दै आएको छ भने बेइजिङले त्यसलाई आफ्नो महत्वपूर्ण भूमि ठान्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार