Logo
२०७९, २५ माघ बुधबार
|  Wed Feb 8 2023

पूर्वमन्त्री वर्षमान पुन अकस्मात बिरामी परेका छन्


पूर्वमन्त्री तथा माओवादी नेता वर्षमान पुन अकस्मात बिरामी परेका छन् । माघी पर्व मनाउन गृहजिल्ला रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या भएपछि हेलिकप्टरबाट काठमाडौं ल्याइएको बताइएको छ ।

अहिले पुनलाई ललितपुरस्थित सुमेरु अस्पताल भर्ना गरिएको छ । पुनलाई वंशाणुगत जन्डिसको समस्या छ । उनको रगतमा जन्डिसको मात्रा अध्याधिक देखिँदै आएको छ ।

चीनको सेनजेन प्रान्तस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार गराएर उहाँ केहीदिन पुस ५ गते मात्रै नेपाल फर्किएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार