Logo
२८ श्रावण २०८३, बिहीबार
|  Fri Aug 14 2026

बैंकिङ काउन्टर दिउँसो १ः३० बजेसम्म खुल्ने


पोखरामा भएको विमान दुर्घटनाको क्रममा सरकारले सोमबार सार्वजनिक बिदा दिए पनि बैंकिङ काउन्टर केही समय खुल्ने भएको छ। सरकारले अत्यावश्यक सेवाबाहेक देशभर शोक बिदा दिने तथा आज राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको थियाे ।

सोमबार बिदा रहे पनि नगद कारोबार, चेक क्लियरिङ, आरटिजिएसलगायतका अत्यावश्यक सेवा खुला हुने केन्द्रीय बैंकले जनाएको छ ।  बिहान १० देखि १ः३० बजेसम्म इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरूले आवश्यक विभाग तथा कार्यालय खुला राखी सेवा सुचारु गर्न पाउने राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार