Logo
२८ श्रावण २०८३, बिहीबार
|  Fri Aug 14 2026

एकतर्फी खुलेको नाकामा आम्दानीभन्दा खर्च बढी


केही समयअघि मात्र एकतर्फी खुलेको हुम्लाको यारी भन्सार कार्यालयमा आम्दानीभन्दा बढी खर्च हुने गरेको छ । राजश्व असुलीभन्दा खर्च बढी हुने गरेको हो ।

हिल्सामा रहेको यारी नाका भन्सार कार्यालयका प्रमुख रामराज जैसीले १३ पुसमा चीनबाट आयात भएको व्यापारीको सामान जाँचपास गर्न जाँदा आम्दानीभन्दा बढी खर्च भएको बताए। उनले हिल्सा नाकाबाट भित्रिएको १८ गाडी सामानको भन्सार महसुल ४० हजार रुपैयाँ असुल भएको र आफू हिल्सा जाँदा आउँदा ५० हजार रुपैयाँ यातायात खर्च भएको बताए । सिमकोटबाट हिल्सा पुुग्न एक दिन लाग्ने र एक दिनको भाडा जिप सञ्चालकले २५ हजार रुपैयाँ लिने र आउँदा पनि २५ हजार खर्च हुँदा यातायात खर्च ५० हजार रुपैयाँ खर्च भएको बताए । हिल्सा र सिमकोटका व्यापारीको पहलमा १३ पुसमा एक दिन चीनबाट खाद्यान्न, लत्ताकपडा, विकास निर्माणका सामग्री आएको थियो ।  प्रमुख जिल्ला अधिकरी सीता परियारले फाइदा मात्रै भन्दा पनि भन्सार महसुल उठाउने कुरामा राज्यको उपस्थिति महत्त्वपूर्ण भएको बताइन्।

उनले कर्मचारी हिल्सा आउजाउ गर्ने खर्च भन्सार कार्यालयसँग नभएका कारण आफ्नो समन्वयमा गाडीको व्यवस्था गर्नुपरेको उनकाे भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार