Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

आज सरस्वती पूजा, सरस्वती मन्दिरहरूमा घुइँचो


 आज सरस्वती पूजा, काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरमा पूजा आराधना र दर्शन गर्नेको भीड लागेको छ ।

आजको दिनलाई वसन्तपञ्चमी र श्रीपञ्चमी पनि भन्ने गरिएको छ ।  सरस्वतीलाई विद्याकी देवीको रुपमा पूजा आराधना गरिने भएको आजबाट बालबालिकाहरुलाई अक्षर आरम्भ गराउने भएकाले बिहानैदेखि मन्दिरहरुमा घुइँचो लागेको हो ।  स्वयम्भू, मैतिदेवी, हनुमानढोकासहितका सरस्वती मन्दिरहरुमा बिहानैदेखि पूजा गर्नेहरुको घुइँचो लागेको छ ।

बालबालिकाले मन्दिरका भित्ता तथा पर्खालमा  चकले लेखेर अक्षरारम्भ गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार