Logo
२७ श्रावण २०८३, बुधबार
|  Thu Aug 13 2026

यी हुन् २२ वर्षमै सफल उद्यमी


भक्तपुरमा एक जना युवक २२ वर्षको कलिलो उमेरै प्रतिष्ठित उद्योमी बन्न सफल भएका छन् । जिजे पोल्ट्री प्रालि नामक पोल्ट्री (कुखुरा व्यवसाय) मार्फत उनी जिल्लाकै चिरपरिचित उद्यमी बन्न सफल भएका हुन् ।

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ८ जगाती भक्तपुरमा कार्यालय स्थापना गरेर शिशिर केसीले महिनामा घटीमा एक करोडभन्दा बढीको कारोबार गर्न सफल हुँंदै आएका छन् । जिजे पोल्ट्री प्रालिमार्फत् उनले कुखुराको दाना बनाउने, ह्याचरी (अण्डाबाट कुखुराको चल्ला उत्पादन गर्ने) र व्रिडर्स (ब्रोइलर कुखुराको माउ तयार पार्ने अर्थात् बच्चा कोरल्ने कुखुरा तयार पार्ने) व्यवसाय चलाउँदै आएका छन् । यसका लागि उनले काभ्रेको धुलिखेलको ९२ रोपनी क्षेत्रफलमा व्रिडर्स फार्म राखेका छन् भने भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलको ८ रोपनीको क्षेत्रफलमा ह्याचरी उद्योग सञ्चालन गर्दै आएका छन् । साथै सूर्यविनायक नगरपालिका वडा नं ८ जगाती भक्तपुरमा दाना उद्योग पनि सञ्चालन गर्दै आएका छन् ।

‘यो मेरो व्यवसायमा सबैभन्दा ठूलो चुनौतीको काम नै उत्पादित चल्लाहरु बजारमा बिक्रीवितरण गर्नु हो,’ शिशिरले भने, ‘यसकारण म मुख्य गरी यो कामको जिम्मेवारीमा छु ।’ यसबाहेक अरु कामहरुका लागि आफूले झण्डै चार दर्जन कर्मचारी कामदारहरु राखेको उनले जनाए । हप्तामा ६० हजार गरेर महिनामा दुई लाख ४० हजार चल्ला उत्पादन हुने र प्रतिचल्ला ५० रुपैयाँंको हिसाव गर्दा महिनामा एक करोड २० लाखको कारोबार हुने उनले जनाए । प्रतिचल्लाको मूल्य ३० रुपैयांँदेखि ६० रुपैयाँंसम्म पुग्ने हुनाले मासिक यति नै रुपैयाँंको कारोबार हुन्छ भन्न गाह्रो भए पनि सालाखाला महिनामा एक करोडको कारोबार हुने उनले जनाए ।  बीबीए उत्तीर्ण गरेका उनले कक्षामा सर्वाेत्त्कृष्ट विद्यार्थी भएकै कारण फरदर माष्टर्स पढाइको लागि पूर्ण छात्रवृतिका साथ अमेरिका जाने अवसर पाएका थिए । तर उनी गएनन् । ‘म जस्ता सबै युवाहरु यसरी नै विदेश पलायन हुँंदै जाने हो भने हाम्रो देशमा उद्योगधन्दा कसरी चल्लान् ?,’ देशका युवाहरुलाई संकेत गर्दै उनले भने, ‘त्यसकारण देशमै वसौ, देशमै केही गरौं ।’

उनी दिउँंसोको समयमा आफनो व्यापार व्यवसाय हेर्न मिल्ने गरी नेपालमै बिहानको समयमा माष्टर्स तहको आईवीएम (इन्टरनेशनल विजनेश म्यानेजमेन्ट) पढ्ने तयारीमा छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार