Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ


आफ्नै बुबाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको दाउराको चिरपट प्रहार गरी हत्या गरेको आरोपमा चन्द्रपुर नगरपालिका–६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राईलाई बिहीबार राति पक्राउ गरेको प्रहरीले जनाएको छ ।  मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिरपट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको चपुरस्थित चन्द्रपुर अस्पताल प्रालिमा उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार