Logo
१९ आश्विन २०८३, सोमबार
|  Mon Oct 5 2026

ताेलामा ५०० रूपैयाँले बढ्यो सुनको मूल्य


 नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। सुनको मूल्य सोमबार प्रतितोला पाँच सय रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँण्मा खरिदबिक्री भएको थियो ।  साेमबार तेजाबी सुन प्रतितोला १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि आइतबार तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।   गत दुई शुक्रबार र आइतबार सुन प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको थियो । सोमबार चाँदीको मूल्य भने स्थिर छ। साेमबार चाँदी प्रतितोला १३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो।

साेमबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १८ सय ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार