सेयर बजार सोमबार ०.२२ प्रतिशतले वृद्धि भएको छ । नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ बिन्दुमा आएर बन्द भएको छ।
यसअघि आइतबार १ अर्ब ९३ करोड १७ लाख १९ हजारको सेयर कारोबार बराबरको सेयर कारोबार भएकोमा साेमबार त्यो रकम घटेर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६६५ रुपैयाँमा सीमित भएको छ। सोमबार २५९ वटा कम्पनीको कारोबार हुँदा ३९ लाख २२ हजार २१६ कित्ता सेयर किनबेच भएको छ । एनआइसी एसिया बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। यस बैंकको ६ करोड ४५ लाख बराबर रुपैयाँको कारोबार भएको हो। सोमबार आदर्श लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ। माहुली लघुवित्तको सेयर मूल्य ५.५१ प्रतिशतले बढेको छ ।
कारोबारमा आएका १३ वटा उपसूचकमध्ये विकास बैंक, जीवन बिमा, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।