
लोकसेवा आयोगले शाखा अधिकृतको दुवै चरणको परीक्षा स्थगित भएको छ । शाखा अधिकृत अप्राविधिकतर्फ प्रथम चरणको माघ २८ र द्वीतीय चरणको आगामी चैत २१ गते हुने पूर्वनिर्धारित परीक्षा कार्यक्रमहरु अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको आयोगका उपसचिव देवीप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।