Logo
२० आश्विन २०८३, मंगलवार
|  Tue Oct 6 2026

सेयर बजार राताम्मे, ६०.८८ अंकले घट्यो नेप्से परिसूचक


साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा आरालो लागेको छ । नेप्से परिसूचक ६०.८८ अंकले घटेर २११२.७५ बिन्दुमा आएर रोकिएको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ११ अङ्कले घटेर ४०४.४३ विन्दुमा पुगेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २५३ कम्पनीको ८१ लाख ३९ हजार ८४० कित्ता सेयर खरिद बिक्री हुँदा ३ रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा हिमालय डिस्टिलरी कम्पनी शीर्ष स्थानमा रहेको छ। यसको आइतबार १४ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा नगदी गु्रप पावर र तेस्रोमा अपी पावर कम्पनीको कारोबार भएको छ।

आइतबारको कारोबारमा सबै उपसचकहरुमा आरालो लागेको छ।  कारोबार खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर भाउ ४.४८ प्रतिशतले बढेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार