Logo
२०८०, २३ मंसिर शनिबार
|  Sat Dec 9 2023

मतपत्र छाप्न सक्ने सरकारले किताब छाप्न सक्दैन? – ज्ञानेन्द्र शाही


राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले शैक्षिक सत्र सुरू हुनु अगावै विद्यार्थीहरुका लागि किताब उपलब्ध गराउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभामा समय लिएर बोल्दै प्रमुख सचेतक शाहीले हिमाली जिल्लामा फागुन १ गतेदेखि शैक्षिक सत्र सुरु हुने स्मरण गर्दै सरकारको ध्यानाकर्षण गरेका हुन् । ‘सरकारले मतपत्र छाप्न सक्छ, किताब छाप्न किन सक्दैन ? यो प्रश्न हो’ प्रमुख सचेतक शाहीले भने, ‘छिटो भन्दा छिटो किताब उपलब्ध गराइयोस् ।’


प्रतिक्रिया दिनुहोस !
विचार