Logo
२०८१, १९ आश्विन शनिबार
|  Sat Oct 5 2024

अमेरिकाका पत्रकार अर्जुन प्रधान समाजसेवामा


अमेरिकामा बसी पत्रकारीता गरिराखेका अर्जुन प्रधान अहिले समाजसेवातिर लागेका छन् ।

सडकपेटीमा बस्ने असहाय, गरीबहरुलाई समाजसेवी प्रदीप घिमिरेको साथमा पत्रकार प्रधानले जन्मोत्सवका अवसरमा खाना वितरण गरेका हुन् ।

प्रधानले नेपाली भेष, भुषा, धर्म, भाषा, साहित्य र संस्कारको विकासका साथ साथै विविध विधामा शसक्त रुपमा कमल मार्फत आफ्नो आवाज बुलन्द गर्दै आएका छन् । उनी एक समसामायीक विषयवस्तुमा कलम चलाउने व्यक्ति हुन् ।

१५ वर्ष देखी पूर्नवासको लागि अमेरिका प्रस्थान भएका प्रधान अमेरिकामा रहेर पनि पत्रकारीता गर्दै आइरहेका छन् ।

उनी अमेरिकाको एक मात्र सीपमुलक पेसा नेपालीहरुले जागीर पाउने अमेरिकाको चर्चित आइमार्ट लजिष्टिकका मानव संसाधन प्रबन्धकका रुपमा कार्यरत हुन् ।

प्रधान भन्छन् “मान्छे भएर जन्मदैमा कोही पुर्ण हुदैन, कर्म र भावना पनि त्यही अनुसार हुनुपर्छ भन्ने मान्यता सधैं राख्दछु । मान्छेलाई पैसाले कहिल्यै पनि पुग्दैन, आफूले कमाएको थोरै रकम मात्रै भए पनि समस्यामा परेको दुःखी गरीब कसैको सेवामा खर्चिन सक्यो भने त्यसबाट जति आनन्द प्राप्त हुन्छ, त्यो बराबरको आनन्द अरु केहीबाट पनि प्राप्त हुँदैन ।” भोजन सेवाका लागि स्वदेश तथा विदेशमा बस्नुहुने मनकारी व्यक्तिहरुले विभिन्न जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती तथा स्वच्छीक रुपमा गर्ने गरेको सहयोग दानले नै गरीब दुःखीले खाना खान पाएका छन् । भोटुः इन्दिरा समाज कल्याण संस्था सयोग दानले नै चलिरहेको संस्था हो ।

मन्थली नगरपालिका वडा नं.४ सालुका युवा समाजसेवी प्रदिप घिमिरेले कोरोनाको समय देखी काठमाडौंका सडक पेटीमा बस्ने गरीब दुःखीहरुको लागि रातको समयमा एक छाक खाना खुवाउने गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यमा सकेको सहयोग र हौसला दिनलाई अर्जुन प्रधानले सहयोगी मनहरुलाई वर्षमा १ दिन भने पनि खाना खुवाउलाई अनुरोध समेत गरेका छन्।


प्रतिक्रिया दिनुहोस !
विचार