Logo
२०७९, ८ चैत्र बुधबार
|  Wed Mar 22 2023

भीमले पार गरे अर्धसतक


आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध नेपालका मध्यक्रमका ब्याटर भीम सार्कीले अर्धशतक बनाएका छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले प्रस्तुत गरेको ३११ रनको लक्ष्य पछ्याइरहेको नेपालबाट भीमले ६० बलमा अर्धशतक पूरा गरे । उनले ५० रन बनाउने क्रममा ६ चौका प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा भीमको यो दोस्रो अर्धशतक हो ।

भीमअघि नेपालबाट ओपनर कुशल भुर्तेलले पनि अर्धशतक बनाएका थिए । कुशल र भीमले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका थिए । कुशल ५० रन बनाएर आउट भए ।

नेपालले २६.१ ओभरको खेल सकिँदा चार विकेट गुमाएर १४९ रन बनाएको छ ।

नेपालले ओपनर आसिफ शेखलाई व्यक्तिगत स्कोर शून्यमा, कुशल मल्ललाई पाँच रनमा, कप्तान रोहितकुमार पौडेललाई १६ रनमा गुमाएको थियो ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार