.यो सौराहाको जंगल होइन, काठमाडौंको तिनकुने हो क्या ….
तिनकुने कोटेश्वरको पार्कभित्रको खाली जग्गामा पलाएर सुकेका अग्ला घाँस र वगैंचाको सजावटको लागि पार्कको छेउ सिनामंगलतर्फ सडक किनारमा राखिएका सिमेन्टका हात्ती र गैंडा फुटेर लडेको विजोग अवस्थामा, यतातिर न महानगरपालिकाको चासो छ ,न अन्य सम्वन्धित निकायको…….
( विदेशी पाहुना आउने भएपछि अघिल्लो दशैंमा राजधानीको तीनकुने आकर्षक बनाइएको थियो । यति राम्रो पार्क थियो कि भनीसाध्य छैन । लाखौं रुपैंयाँ खर्च गरेर तीनकुने सजाइएको थियो । तर, यो वर्षको दशैं सम्म आइपुग्दा तीनकुने पार्कको कन्तबिजोग भएको छ । तीनकुनेको त्यही बेहालबारे पत्रकार बलराम प्यासीले सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गरेको सामग्री हो यो : सम्पादक )








