ललितपुरस्थित एकेडेमी अफ कलिनरी आर्टस् एण्ड हस्पिटालिटी म्यानेजमेन्ट र सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेन्योरसिप कलेजले सिमान्तकृत विद्यार्थीहरुका लागि हस्पिटालिटी म्यानेजमेन्ट ( बिएचएम ) मा स्नातकको लागि गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम शुरु गर्ने भएको छ
। छात्रवृत्तिबारे जानकारी दिन पत्रकार सम्मेलन गर्दै कलेजले नेपालका ७७ वटै जिल्लाका एक छात्र र एक छात्राका साथै सार्क राष्ट्रबाट एक छात्र र एक छात्रा, १२ जना अपांगता भएका विद्यार्थी ,LGBTQIA बाट १० जना र नेपालमा बसोबास गर्ने १० शरणार्थी गरी २०० जनालाई छात्रवृत्ति प्रदान गरिने जनाएको हो ।
छात्रवृत्तिमा शिक्षण शुल्क, १८ महिनाको आवास र शिक्षा सम्बन्धि अन्य खर्चहरु समावेश गरिने बताइएको छ । छात्रवृत्ति कार्यक्रममा सहभागी हुनका लागि नेपाली विद्यार्थीहरुले सार्वजनिक संस्थामार्फत कक्षा ८,९,१० उत्तिर्ण गरेको हुनुपर्ने प्रावधान राखिएको छ । छात्रवृत्तिका लागि आवदेन प्रकृया यही जेठ १९ गतेबाट शुरु भएर भाद्र महिनामा बन्द हुने जनाइएको छ ।





