Logo
१० आश्विन २०८३, शनिबार
|  Sat Sep 26 2026

तीन ओभरमा नेपालले लियो कुवेतको तीन विकेट


एसिसी प्रिमियर कप अन्तर्गतको कुवेतविरूद्धको सेमिफाइनल खेलमा नेपालले तीन ओभरमै तीन विकेट लिएको छ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा २८१ रन बनाएको थियो। डिएल मेथडबाट रन घटाएर कुवेतलाई २८१ रनको लक्ष्य दिइएको हो।

सुरूमा बलिङ गरेका करण केसीले रन नदिइ पहिलो विकेट लिएका थिए। उनले अड्नान एड्रिसको विकेट लिएका हुन्।

त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले पर्विन्दर कुमारको विकेट लिएका हुन्। उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो।

तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले फेरी अर्को विकेट लिएका हुन्।

उनले मिट भावसारलाई बलिङ गर्दा ललित राजवंशीले उनको बल क्याच गरेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार