Logo
२०८०, ९ फाल्गुन बुधबार
|  Wed Feb 21 2024

नेपालले लियो कुवेतको पाचौँ विकेट


एसीसी प्रिमियिर कप अन्तरगतको सेमिफाइनल खेलमा कुवेतले पाँचौँ विकेट गुमाएको छ । करन केसीले सिराज खानलाई आफ्नो चौथो शिकार बनाएका हुन् ।

यसअघि उनले ९ रन बनाएका राभिजा सान्दारुवान, ५ रन बनाएर मित भावसार र शून्य रन बनाएका अदनान इद्रिसलार्ई आउट गरेका थिए । त्यस्तै खेलमा सोमपाल कामीले एक विकेट लिएका छन् । उनले परविन्दर कुमारलाई आउट गरेका थिए । कुमार एक रन बनाएर एलबीडब्लु आउट भए । मात्र २२ रन बनाउँदा कुवेतका ५ खेलाडी पभिलियन फर्किसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार