Logo
२ बैशाख २०८३, बिहीबार
|  Thu Apr 16 2026

भिटामीन ‘ए’ चक्की दिने कि भोजन ? बर्षेनी अर्बौं लगानी तर, कुपोषण समस्या उस्तै


aa

आज देश भरिका बालबालिकालालई भिटामिन ‘ए’ ख्वाइनेछ । २६ वर्ष भन्दा अघि भिटामीन ‘ए’ ख्वाउने कार्यक्रम कहिल्यै अन्त्य नहुने हो ? के बच्चाको आँखा स्वस्थ राख्न केवल “चक्कि” मा मात्र भर परिरहने ?

सबै रोगलाई रोक्न औषधी मात्र चाहिने बिचारले स्वास्थ्य मंत्रालयले हाम्रा मौलिक रैथाने खाना, जसमा पर्याप्त भिटामीन ‘ए’ प्रोटीन, क्याल्सियम छन् तिनलाई त बेवास्ता नै गरेको छ । कृषी मंत्रालयले निकालेको पु्स्तिकाmaa कस्ता कस्ता नेपाली वनस्पति भोजनमा कति (क्यारोटिन) (भिटामीन ‘ए’ शरीरमा बन्नको लागि शुरुवाती अबस्था) पाइन्छ भनेर लेखिएको छ । अपशोच त्यो पुस्तिका स्वास्थ्य मंत्रालयसम्म पुग्दैन । आज र भोलि देश भरिका बालबालिकालालई भिटामिन ‘ए’ ख्वाइनेछ । बर्सेनि अर्बौं लगानी तर कुपोषण समस्या उस्तै

भिटामीन ‘ए’ को कार्यक्रम शुरुवात गर्दा सरकारले “बिस्तारै पोषण युक्त खानाको माध्यमबाट सबैलाई भिटामीन ‘ए’ कमि नहोस भनेर कार्यक्रम ल्याउँनेर्छौ । भनेको थियो । तर ती सबै पर्याप्त कालमा भएको नीति उदाहरणको लागि करी पत्ता, आलो लट्टे, पुदिना, कर्कलो, केराउ, खुसार्नी, चुकन्दरको, मूला, मेथी, मेवा, आदिको पात पनि भिटामीन ‘ए’ ले भरिपूर्ण हुन्छ ।

तर अपशोच भिटामीन क्याप्सुल दिदाँ, घर वरिपरी भएका यस्ता वस्तु खाउँ भनेर कसैले भन्दैन । “नजिकको तिर्थ हेला” भनेको यही होला । त्यसैगरी भटमास, रहर, चना, गहतमा पनि भिटामीन ‘ए’ त पाइन्छ । तर यसको विषयमा छलफल नै हुन्न । भिटामीन ‘ए’ को क्याप्सुल खाएपछि पहिले पहिले धेरै बच्चाको पहिले धेरै बच्चाको आँखाको स्वास्थ्यको सुरक्षा भएको छ । तर अब घर आगनमा पाइने भोजन प्रयोग गर्न नसिकाउने भन्या ।बर्सेनि अर्बौं लगानी तर कुपोषण समस्या उस्तै


प्रतिक्रिया दिनुहोस !
विचार