Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

सेयर बजार ५५.६९ अंकले बढ्याे


 चालु साताकाे कारोबारको तेस्रो दिन म‌ंगलबार नेप्से ५० अंकमाथि पुगेको छ। म‌ंगलबार नेप्से ५५.६९ अंकले बढेर २१८५.११ को विन्दुमा कायम भएको छ।

 २७५ सूचीकृत कम्पनीको १ करोड २८ लाख ३ हजार २०२ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ३४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । मंगलबार तीन उपसूचकबाहेक सबैमा हरियाली छाएको छ।

लघुवित्तको उपसूचक सबैभन्दा धेरैले बढेको छ । लघुवित्तहरुको उपसूचक ८.९६ प्रतिशतले बढेको छ। फाइनान्सको उपसूचक पनि सर्वाधिक बढेको छ। स्वालम्वन लघुवित्तको सर्वाधिक कारोबार भएको छ।

कम्पनीको आज २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, सोल्टि होटलआज , शिवम् सिमेन्टस्, आईजीआई पु्रडेन्सियल, हिमालयन डिष्टलरी, नबिल बैंक, फर्स्ट माईक्रोफाइनान्स, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ।

मंगलबार ३४ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। यो बर्षको सबैभन्दा धेरै सर्किट लागेको मंगलबार नै हो ।


प्रतिक्रिया दिनुहोस !
विचार