Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

सेयर बजार ९.९१ अंकले बढ्यो


साउन लागेसँगै सेयर बजारको गति क्रमशः सकारात्मक बनेको छ ।

मंगलबार नेप्से सूचकमा ९.९१ अंकको वृद्धि भएर २१५४.०७ विन्दुमा आइपुगेको छ ।  यता, कारोबार रकममा भने उत्साह देखिएको छ । यस दिन ३ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।

 बजार बढ्दै जाँदा नयाँ लगानीकर्ता पनि आउने गर्छन् । पुराना पनि थप सक्रिय हुन थाल्छन् । यसले समग्र बजारलाई माथितिर लैजान सहयोग गर्नेछ ।

यस दिन २५५ कम्पनीको ८६ लाख ७६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २१ करोड ७७ लाख रुपैयाँसहित कारोबार रकममा स्वावलम्बन लघुवित्त वित्तीय संस्था अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र हिमालयन लाइफ इन्स्योरन्से परेका छन् ।

विशेषगरी बैंकिङ समूह सकारात्मक बन्दा मंगलबार नेप्से सूचक वृद्धि हुन सहयोग पुगेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !
विचार