Logo
१३ श्रावण २०८३, बुधबार
|  Wed Jul 29 2026

६०० रुपैयाँ बढ्यो सुनको भाउ


नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला ३०० रुपैयाँ बढेको सुनको मूल्य बुधबार प्रतितोला ६०० रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। गत असार २९ गते बनेको उच्च मूल्यको रेकर्ड यसदिन तोडिएको छ।

यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

यसअघि गत असार २९ गते चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनेको थियो।
चाँदीको यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला १० रुपैयाँ बढी हो।


प्रतिक्रिया दिनुहोस !
विचार