Logo
२०८१, ४ बैशाख मंगलवार
|  Tue Apr 16 2024

गृहमन्त्रीको राजीनामा माग्न आफ्ना नेतालाई कांग्रेसका जीतजंग बस्नेतको चुनौती


 नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतले सुन तस्करीमा नाम जोडिएकाले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्नुपर्ने बताएका छन् ।

जारी केन्द्रीय कार्यसमिति बैठकमा उनले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आएको भन्दै अब गृहमन्त्रीको राजीनामा माग्न जान पार्टीका नेतालाई चुनौती दिएका छन् ।

बालकृष्ण खाणलाई पक्राउ गरेकोमा गृहमन्त्रीलाई धन्यवाद दिन जाने कांग्रेस केन्द्रीय सदस्यहरूलाई सुन तस्रकीमा नाम मुछिएका गृहमन्त्रीको राजीनामा माग्न नारायणकाजीकोमा जान उनले चुनौती दिएका हुन् ।

कांग्रेस नेता पक्राउ पर्दा गृहमन्त्री पुगेका कांग्रेस नेताहरुलाई चुनौती दिँदै उनले भने, ‘साथीहरु गृहमन्त्रीकोमा जानु भएको थियो । आज म पनि जान्छु । जाउँन त, नारायणकाजीको नाम आइसकेको छ । उहाँको विषयमा राजीनामा माग्न जाउँ । को को मान्छे हो सुन तस्करीमा परेका छन्, छानबिन हुनुप¥यो । तीन महिनाभित्र २९ पटक सुन आएको छ नेपालमा, सय सय केजीको दरले । अब हाम्रो साथीहरु गृहमन्त्रीकोमा जाने कि नजाने ? म यो प्रश्न गर्न चहान्छु ।’


प्रतिक्रिया दिनुहोस !
विचार