Logo
२०८१, १ श्रावण मंगलवार
|  Tue Jul 16 2024

पक्राउ चार जनालाई अनुसन्धान गर्न नौ दिने म्याद थप : सुन तस्करी प्रकरण


एक सय किलो सुन तस्करीको आरोपमा पक्राउ गरेका चिनियाँ नागरिकसहित चार जनामाथि अनुसन्धान गर्न नौ दिनको म्याद थपिएको छ । आरोपी चार जनालाई आज उच्च अदालत पाटनमा पेश गरिएकोमा अदालतको आदेशले उनीहरूमाथि अनुसन्धान गर्न नौ दिनको म्याद पाएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए।

यसअघि बुधबार पक्राउ गरेका छ जना ९ सुन ओसारपसारमा सङ्लग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल० माथि अनुसन्धान गर्न १० दिनको म्याद थप गरिसकिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार