Logo
२०८१, ३२ असार सोमबार
|  Mon Jul 15 2024

सुन प्रकणको छानबिन गर्न उच्चस्तरीय समिति गठनका लागि सरकारको ध्यानाकर्षण


संसदीय समितिले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको हो ।

यही ३ साउनमा एक सय किलो अवैध सुन बरामद भएको घटनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुन तस्करीको आशंका गरिएको छ । सोही विषयप्रति समितिले चासो राख्दै छानबिन समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको हो ।


प्रतिक्रिया दिनुहोस !
विचार