
किङ्स कलेज र नामीद्धारा एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्न साझेदारी घोषणा भएको छ । बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइएको हो । उद्यमशील शिक्षामा अग्रणी मानिएको काठमाण्डौंस्थित किङ्स कलेज तथा नेपालको शीर्ष अनुसन्धान संस्थान नेपाल अप्लाइड म्याथमेटिक्स् एण्ड इन्फरमेटिक्स् ईन्स्टिट्युट फर रिसर्चले संयुक्त रुपमा आर्टिफिसियल ईन्टेलीजेन्स् सम्बन्धी शैक्षिक पाठ्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
उद्यमशीलताका आधारमा सुचना प्रविधिको अध्ययन अध्यापनलाई पा्रथमिकता दिँदै आएको किङ्स कलेज र एआई शिक्षालाई सबैको माझ पु¥याउनुपर्छ भन्ने प्राथमिकता भएको वैज्ञानिक अनुसन्धान संस्था नामीले आज एक साझेदारी सम्झौतामा हस्ताक्षर गर्दै छिट्टै नै एआई शैक्षिक कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।
किङ्स कलेज र नामीले व्याक्ति तथा संथाहरुको विशिष्टीकृत आवश्यकता परिपूर्ति गर्नका लागि आवश्यक उच्च गुणस्तरीय शैक्षिक कार्यक्रमको डिजाइन गरी वितरण गर्नका लागि हातेमालो गरेका हुन् । कार्यक्रमको प्रथम चरणमा सुचना प्रविधि तथा इञ्जिनियरिङ्ग विधामा काम गरिरहेका व्यक्तिहरुलाई लक्षित गरे तापनि पछि आर्टिफिसियल इन्टेलीजेन्स् क्षेत्रमा रुचि राख्ने जो कसैले पनि यस शैक्षिक शिक्षण कार्यक्रममा सहभागी हुन पाउने जानकारी कलेजले दिएको छ । तथापि यस कार्यक्रमा सहभागी हुन चाहनेहरुले पाईथन प्रोग्रामिङ् चलाउन जानेको हुनुपर्ने छ ।
किङ्स कलेजका प्रेसिडेन्ट नरोत्तम अर्यालले “पछिल्लो समय विश्वकै मूलधार प्रवृत्तिको रुपमा विकास भइरहेको आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा नेपालले पनि फड्को मार्न सकोस् भन्ने उद्देश्यका साथ यस शैक्षिक कार्यक्रमका लागि नामीसँग साझेदारी गरिएको हो”, भन्दै एआई शैक्षिक कार्यक्रमको उपादेयतामाथि प्रकाश पारेका छन् । साथै उनले समय सापेक्ष समाजको आवश्यकताअनुसार नयाँ–नयाँ शैक्षिक कार्यक्रम संचालन गर्दै शिक्षामा नवीनतम प्रयोग गर्दै आएको किङ्स कलेजले शिक्षामा एआईको प्रयोग ल्याउन सक्ने अवसरलाई आत्मसात गर्दै यो कदम चालेको हो भनेर ‘एआई शैक्षिक कार्यक्रम’को बारेमा जानकारी दिएका छन् । “आर्टिफिसियल इन्टिलीजेन्स्सम्बन्धी हामीले सञ्चालन गर्न लागेको शिक्षण कार्यक्रम सोही परियोजनाहरु मध्येको एक हो, जसबाट हासिल हुने ज्ञानले नेपालमा पनि विभिन्न जटिल क्रियाकलापहरु सहजताका साथ सम्पन्न गराउन सकिने एवं आर्थिक क्षेत्रमा चलायमान ल्याउन सकिने मैले विश्वास लिएको छु”, भनी उनी अगाडि थप्छन् ।
यसका साथै विद्यार्थीहरुले आर्टिफिसियल इन्टिलीजेन्स्को क्षेत्रमा रोजगारीमा साथसाथै व्यवसायमा पनि सफलता हासिल गर्न सकून् भन्ने यस कार्यक्रमको अभिप्राय रहेको छ । “विश्वव्यापी क्षेत्रमा आर्टिफिसियल इन्टिलीजेन्स्को तीब्र विकास भइरहेको परिप्रेक्षमा नेपालमा पनि यस क्षेत्रप्रति आम मानिसको चासो र रुचि बढिरहेको यर्थाथलाई ध्यानमा राखी यसबारे विश्वका उत्कृष्ट प्रयोगशाला र विश्वविद्यालयमा अध्यापन र अन्वेषण गरिरहेका एआई विज्ञहरुको प्रत्यक्ष संलगनतामा प्राज्ञिक शिक्षा प्रदान गरिने छ” भनी नामीका संस्थापक तथा निर्देशक डा. विशेष खनालले जानकारी दिए । “एआईलाई प्रयोग गर्ने मात्र नभई विश्व बिजारमा प्रतिस्पर्धा गर्न सक्ने एआई आधारित सफ्ट्ववेयरहरु बनाउन सक्ने जनशक्ति देशभित्र तयार गर्ने यस शैक्षिक कार्यक्रमको उद्देश्य हुनेछ” भनी उनी अगाडि थप्छन् ।
किङ्स कलेज र नामीको साझेदारीमा सञ्चालन हुन लागेको यो ‘एआई शैक्षिक कार्यक्रम’ बाट नेपालको शिक्षा क्षेत्रमा नविनतम् प्रविधिद्धारा प्रयोगात्मक र गुणात्मक शिक्षाको विकास हुने र विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार हुने विश्वास लिइएको छ ।