Logo
२६ श्रावण २०८३, मंगलवार
|  Tue Aug 11 2026

चितुवाको छालासहित धनगढीबाट दुई जना पक्राउ


 कैलालीस्थित धनगढीबाट चितुवाको छालासहित २ जना पक्राउ परेका छन्। धनगढीको बोराडाँडीस्थीत न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित २ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। उनीहरुमाथी प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार