गैह्रनाफामुलक सामाजिक संस्था युनिर्भसिटी अफ थ्री जेनेरेसन को आयोजनामा युवा उत्प्रेरणात्मक कार्यक्रम ब्रेक थ्रु विथ रोहित मल्ल सञ्चालन हुने भएको छ ।
युवा तथा विद्यार्थी लक्षित यो एक दिने कार्यक्रम यही भदौ १९ गते मंगलबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुन लागेको युनिर्भसिटी थ्री जेनेरेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
युवा वर्गमा आफ्नो करियरमा के बन्ने र सम्बन्ध कसरी कायम राख्ने, लागूपदार्थ दुव्र्यसनबाट कसरी पर रहनेजस्ता विषयहरुमा अथाह दुविधा रहेकोले उनीहरुलाई सकारात्मक कार्यमा उत्प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।
राइट प्याथ करियर काउन्सिलिङ प्रमुख प्रायोजक रहेको यस कार्यक्रममा मोटिभेसनल स्पिकर रोहित मल्ल मुख्य वक्ताका रुपमा रहनेछन् भने बैंकर मनोज ज्ञवाली, कमेडियन तथा युवा राजनीतिज्ञ हिमेश पन्थ, पूर्वमिस नेपाल अस्मी श्रेष्ठ, उद्यमी विष्णुहरि पाण्डे र सिंहबहादुर मोक्तान तथा सामाजिक अभियन्ता तथा राजनीतिज्ञ पुकार बमलगायतले पनि आफ्नो प्रस्तुति दिनेछन् ।
कार्यक्रममा करिब १५ सय युवा सहभागी हुने आयोजकको अनुमान रहेको छ ।





