Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

भ्रष्टाचार विरुद्धको गीति अभियान भाग १ सार्वजनिक


मधुरिमा नेपालले भ्रष्टाचार विरुद्धको गीति राष्ट्रिय अभियान शुरु गरेको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मधुरिमा नेपालका संस्थापक अध्यक्ष प्रदीप बम्जनको शब्द, संगीत र स्वरमा रहेको म्युजिक भिडियो सार्वजनिक गर्दै यो अभियान शुरु गरिएको हो । भिडियोमा देशका ख्यातिप्राप्त कलाकार, सामाजिक अभियन्ता तथा विभिन्न पेशा र व्यवसायमा संलग्न व्यक्तिहरुको अभिनय रहेको छ ।

भ्रष्टाचार विरुद्धको गीति राष्ट्रिय अभियान भाग १ सार्वजनिकीकरण समारोहमा पूर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री , नागरिक अभियन्ता डा. सुन्दरमणि दीक्षित , प्रा. डा. सुरेन्द्र केसी , प्रसिद्ध समालोचक तथा कवयित्री डा. गीता त्रिपाठी लगायतले आफ्नो धारणा राखेका थिए । देशका ठूला नेताहरुको नाम नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको देख्दा देश नै लज्जित भएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा बोल्दै अभियानका परिकल्पनाकार प्रदीप बम्जनले सरकार ढल्दा केही नहुने तर, देशको दुस्मन भ्रष्टाचारीलाई केहिगरी छाड्न नहुने बताएका थिए । कार्यक्रममा चीनका लागि नेपाली पूर्व राजदूत डा.महेश मास्के, शिक्षा विभागका पूर्व महानिर्देशक बाबुराम पौडेल, परराष्ट्र मन्त्रालयका पूर्व सहसचिव जीवन प्रकाश श्रेष्ठ, वरिष्ठ गायिका तथा शाष्त्रिय गुरुआमा संगीता प्रधान राणा, पूर्व सभासद सीता पोखरेल लगायतको उपस्थिती रहेको थियो ।

सार्वजनिक म्युजिक भिडियो प्रदीप बम्जन मधुरिमा नेपाल युटयुब च्यानलमा अपलोड गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार