Logo
१३ असार २०८३, शनिबार
|  Sun Jun 28 2026

करेन्ट लागेर तनहुँमा एकै दिन तीन जना घाइते


 करेन्ट लागेर तनहुँमा एकै दिन जना घाइते भएका छन्।

म्याग्दी गाउँपालिका–६ मनपाङ काल्टेमा बिजुलीको तार अचानक चुडिएर पानीमा करेन्ट प्रवहा हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ।

बाटोमा हिँडिरहेका स्थानीय ५० वर्षीय सीता गैरे र २५ वर्षीय सुमिना गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ। घाइते दुवैको जिएसी हस्पिटल पोखरामा उपचार भइरहेको छ।

यस्तै, शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटार ग्यास्लिङमा सडकमा झरेको तार पन्छाउन खोज्दा करेन्ट लागेर एक वृद्ध घाइते भएका छन्। स्थानीय ७३ वर्षीय जयराम पाण्डे घाइते भएका हुन्।

पाण्डेलाई जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा प्राथमिक उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा ल्याइएको छ। उनको पनि उपचार भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !
विचार