Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

एमाले कमिसनको पछि लाग्दैन : ओली


नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले कमिसनको पछि नलाग्ने बताएका छन् ।

सोमबार राष्ट्रिय सभा गृहमा आयोजित जनप्रतिनिधिसँग केपी ओली कायक्र्रममा बोल्दै उनले गिरिबन्धु टि स्टेट जग्गा मामलामा आफूले कानून बनाउनुअघि कमिसन चल्ने गरेको बताए । तर, कानुन बनाएपछि कमिसन रोकिएका कारण अरु छट्पटाएर अहिले आफूहरुलाई अनेकन आरोप लगाएको उनले दाबी गरे ।

अध्यक्ष ओलीले कसरी कमाउने होइन कसरी देश बनाउने भन्ने उद्देश्य एमालेको रहेको बताए् । त्यस्तै उनले नयाँ पार्टीले आफ्नो पिठो बिकाउनका लागि आफूहरुलाई हजुरबा भन्ने गरेको भन्दै स्वतन्त्र पार्टीले कसरी देश बनाउँन सक्छ भन्दै प्रश्न गरे ।

अरु पार्टीका नेता देख्दा मान्छे भाग्ने गरेको भन्दै उनले आफू र आफ्नो पार्टीलाई माया गरेर धेरैले आई लभ यु केपी बा भन्ने गरेको बताए । उनले भने, बालबालिकहरु र किशोर किशोरीहरुले आइ लभ यु केपी बा भन्दै मलाई माया गर्छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार