Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

सनातनि दम्भ !


हामी जुन समाजमा छौं, त्यहाँ हामीले यो भोगिरहेका छौं । भर्खरको एउटा ताजा घटना बताइहाल्छु है ।
ब्राह्मण @BramhanManu ब्लग नामको ट्विटरह्याण्डल छ । उहाँले यो लेखेर ट्विटरमा पोष्ट गर्नुभयो ।
“जन्मना जायते शुद्रः कर्मणा द्विज उच्यते” भन्ने श्लोक निक्कै दुरुपयोग भयो ।
ब्राह्मण हुन जन्म र कर्म दुवै आवश्यक छ । दुई–चार संस्कृतका श्लोक कण्ठस्थ पारेकै भरमा अन्य जाती र वर्णका व्यक्ती ब्राह्मण हुन सक्दैनन् । कुल, वंश, कोख र कर्म ब्राह्मण हुनैपर्छ ।
ब्राह्मण २द्यचबmजबलःबलग जीको उपरोक्त स्टाटस पढेपछि हामीले उहाँकै स्टाटसमा यो टिप्पणि लेख्यौं :
कुनै बाहुनको जात, थरमा जन्मदैमा कोही ब्राह्मण हुँदैन यो जति सत्य हो, त्यत्तिकै सत्य यो हो कि कर्म, आचरण, संस्कारले कोहीपनि ब्राह्मण हुनसक्छ ।
१. ऐतरेय ऋषि, एकजना अपराधी दासका पुत्र थिए । परन्तु कर्म, आचरण, संस्कारबाट उच्चकोटीको ब्राह्मण भए । ऐतरेय ब्राह्मण र ऐतरेय उपनिषदको रचना गरे ऋग्वेद बुझ्नका लागि ऐतरेय ब्राह्मण अति आवश्यक मानिन्छ ।
२. ऐलुष ऋषि दासीपुत्र हुन् चरित्रहीन जुआरी थिए । तर, पछि भित्रैदेखि परिवर्तन भए । गुरुको शरणमा बसेर गहिरो अध्ययन गरे । ऋग्वेदका ज्ञाता नै भए । ऋषिहरूले उनलाइ आमन्त्रित गरेर आचार्य पदमा आसीन गराए । (ऐतरेय ब्राह्मण २।१९)

३.यौवनावस्थामा जाबालले धेरै पुरुषसँग यौनसम्बन्ध राखिन् । उनलाई पुत्र प्राप्ति भएको थियो, जसको नाम सत्यकाम राखेकी थिइन्न् । पितृत्वको ठेगान नभएका सत्यकाम जाबालले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे र आचार्य सत्यकाम जाबालु भए ।
४. राजा दक्षका पुत्र पृषधलाई उनका आचरण, कर्म र चरित्रकै कारणले शूद्र भन्थे । पछि परिवर्तित भए । तपस्या गरे र भक्तिमा लिन भएर उनले मोक्ष प्राप्त गरे । (विष्णु पुराण ४।१।१४)
५. राजा नेदिष्टका पुत्र नाभाग कर्म आचरणले वैश्य भए । तर उनका पुत्रहरू आचरण र संस्कारमा रहेकाले क्षत्रिय नै रहे । ( विष्णु पुराण ४।१।१३)
६. नाभागका पुत्र थिए धृष्ट । धृष्टले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे । तर, उनका छोराहरू क्षत्रिय कर्म गर्दै क्षत्रिय वर्णमा रहे । ( विष्णु पुराण ४।२।२)
उनका पछिल्ला सन्ततिमा कुनै–कुनैले कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे । (विष्णु पुराण ४।२।२)
७. श्रीमद्भागवत महापुराण अनुसार राजपुत्र अग्निवेश्यले पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मणत्व प्राप्त गरे ।
८. विष्णुपुराण र श्रीमद्भागवतमा रथोतरको प्रसङ्ग छ । उनी पनि कर्म, आचरण, संस्कारबाटै क्षेत्रीयबाट ब्राह्मण भए ।
९. क्षत्रियपुत्र हारित पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मण भएका हुन् । ( विष्णु पुराण ४।३।५)
१०. वायु पुराण, विष्णु पुराण र हरिवंश पुराणमा उल्लेख भए अनुसार शौनक ऋषिका पुत्रहरू कर्म, आचरण र संस्कारभेदले गर्दा कोही ब्राह्मण, कोही क्षत्रिय, कोही वैश्य र कोही शूद्र भए । गृत्समद, गृत्समति र वीतहव्यको पनि यही उदाहरण छ ।

११. चाण्डालपुत्र मातङ्ग पनि कर्म, आचरण, संस्कारबाटै ब्राह्मण भएका हुन्।

१२. ऋषि पुलस्त्यका नाति रावण तथा राजा रघुका पुत्र प्रवृद्ध पनि कर्म, आचरणबाटै राक्षस बन्नपुगे ।
१३. त्रिशङ्कु राजा हुन् तर कर्म, आचरणबाटै चाण्डाल बन्न पुगे ।
१४. विश्वामित्र स्वयं क्षत्रिय थिए तर ब्राह्मणत्व प्राप्त गरे। उनका छोराहरू भने कर्म, आचरणबाट शुद्र बने ।
१५. कबीरजी रामानन्द गुरुकहाँ जानुभयो र भन्नुभयो : मैले हृदयदेखि नै तपाईंलाइ गुरु मानेको छु तपाईंले मलाइ शिष्य स्वीकार गरिदिनुहास् ।
रामानन्द गुरुले भन्नुभयो : न त जातको ठेगान छ, न त गोत्रकै ठेगान छ यस्तो जातको ठेगान नभएकोलाइ म शिष्य स्वीकार गर्दिन । कबीरजीले भन्नुभयो : मैले तपाईंलाई गुरु मानिसकेँ । तपाईंले शिष्य स्वीकार नगरेपनि मेरो गुरु तपाईं नै हो । कालान्तरमा पछि रामानन्द गुरुलाई बोध भयो : भगवत्संसारमा जातको मतलब छैन । यो बोध भएपछि उहाँले कबीरजीलाइ सम्झनुभयो ।
हामीले उपरोक्त टिप्पणि लेखेपछि उहाँ २द्यचबmजबलःबलग ब्लग नामको ट्विटरह्याण्डल भएका ले हामीलाइ झम्टिनुभयो । उहाँले जङ्गिएर लेख्नुभयो : जन्मना जायते शुद्र कहाँ लेखिएको छ, त्यो श्लोक कहाँ छ ?
श्रीमद्भागवत गीता राम्ररी अध्ययन गर्नुहोस् ।
त्यतिमात्र हैन, उहाँले झोक्किंदै ठाडै हप्काउनुभयो र सिआईबी ( पुलिस) ले गर्नेभन्दा चर्को केरकार गर्नुभयो । छैन त रोचक ?
योभन्दा ठूलो बिडम्बना के भइरहेको छ भने धेरै पण्डितहरूले उल्टै मलाई नै गाली गरिरहनुभएको छ । तैंले त्यो टिप्पणी लेख्न हुँदैनथ्यो तँ त्यो टिप्पणि लेख्न लायक छैनस् भनिरहनुभएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार