Logo
१७ श्रावण २०८३, आईतवार
|  Sun Aug 2 2026

भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ : विप्लव


नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले अमेरिकी सहयोग परियोजना एमसीसी जनताको हितमा नभएको बताएका छन् ।

बिहीबार वीरेन्द्रनगरमा आयोजित समाजवादी मोर्चाको सन्देश सभामा उनले एमसीसी जनताको हितमा नभएको दाबी गरे ।

‘अनुदान ठिक छ । तर अनुदानको नाममा हुने कुनै पनि हस्तक्षेप सह्य छैन’ उनले भने, ‘हामीलाई ५० अर्ब रुपैयाँको भिख चाहिएन, हामी गाउँका खोरिया खन्छौं ।’

उनले नेपाल भ्रष्टचारको दलदलमा फसेको बताए । ‘वडा वडामा छ, भ्रष्टचार, अर्काको खोरको बाख्रा देखाएर अनुदान खाने नक्कली कम्युनिष्टहरु मैले देखेको छु’ उनले भने, ‘प्रधानमन्त्रीज्यू, कालो, रातो जस्तोसुकै रंग ओढेका भ्रष्टाचारीहरु किन नहुन् खोरमा हाल्नुहोस्, हामी साथ दिन्छौं । भ्रष्टचारी र मानव तस्करहरुको ढाड भाँच्न आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार