प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले इतिहासले नै सम्झिने गरी कयौं सहासिक र जनपक्षीय कामको सुरुआत गरेको बताएका छन् ।
शनिबार पार्टीको तीन महिने विशेष रुपान्तरण अभियानको भर्चुअल रुपमा उद्घाटन गर्दै प्रचण्डले आफ्नो नेतृत्वको सरकारले इतिहास लेखिने गरी सामाजिक न्याय र सुशासनको पक्षमा काम गरेको बताएका हुन् । त्यस्तै प्रचण्डले पार्टीको रुपान्तरण अभियानले पार्टीलाई सक्षम बनाउने विश्वास व्यक्त गरेका छन् ।
सिंगो पार्टी एकढिक्का भएर अघि बढे सबै चुनौतीको सामना गर्न सकिने बताउँदै उनले देशैकै बलियो पार्टीका रुपमा रुपान्तरण गर्न सकिने दाबी गरे ।