Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

लगातार घट्दै आएको नेप्सेमा एकल अंकको वृद्धि


केहीदिनयता लगातार घट्दै आएको सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ ।

सोमबार सेयर बजार ७।०४ अंक ९० दशमलव ३५ प्रतिशत०ले बढेको छ । सोमबार नेप्से परिसूचक १९६७।८३ बिन्दुमा उक्लेर बन्द भएको हो ।

१२ भदौमा १९९८।४८ विन्दुमा रहेको सेयर बजार त्यसयता लगातार घट्दै आएको थियो । आइतबार १९६०।७८ बिन्दुमा झरेको नेप्से सोमबार भने सुधार भएको हो ।

सोमबार २७० सूचीकृत धितोपत्रको ३२ हजार ५३३ वटा कारोबारबाट ३४ लाख ३२ हजार २६७ कित्ता धितोपत्र किनबेच भएको छ । त्यसबाट एक अर्ब ९ करोड ९१ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार